काठमाडौं, ६ असोज।नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।
चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए ।केही दिनका लागि शो हाउस फुल हुने गरी टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उनले बताए ।केही दिनयता भारतमा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्न्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिएका थिए । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेमगीत ३ बारेमा अन्तर्वार्ता लिएको थियो ।
सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचिच प्रेमगीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो । भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ