सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

डेङ्गी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गर्ने

प्रकाशित समय: आइतवार, १० : ३२ बजे आश्विन ९ गते



डेङ्गी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गर्ने

काठमाडौं, ९ असोज।स्थानीय तहहरूको समन्वयमा डेङ्गी सङ्क्रमण रोक्न गरिएको प्रयास प्रभावकारी नभएपछि सरकारले कसरी अघि बढ्ने भन्ने बारेमा सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ ।

 

करिब १ साताअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी नियन्त्रणका लागि आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको थियो । तर त्यसअनुसारको नतिजा नआएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले बताउनुभयो । हालसम्म नेपालमा डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । देशका ७६ जिल्लामा फैलिएको डेङ्गीबाट २२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । जनस्वास्थ्यविज्ञ डा. खेम कार्कीले ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी नभएका कारण डेङ्गी हिमाल, पहाड र तराइमा फैलिएको बताउनुभयो । डेङ्गी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो ।

 

यसबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन, झुल भित्र सुत्न तथा घर वरिपरि सरसफाइ गर्न, पानी जम्ने खाल्डाखुल्डी पुर्न चिकित्सकले सुझाव दिने गरेका छन् । नेपालमा पहिलो पटक २०६१ सालमा डेङ्गी देखिएको थियो ।