सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ५४ जनामा कोरोना संक्रमण पुष्टि, ७६ जना संक्रमणमुक्त

प्रकाशित समय: मगलवार, ०४ : ०७ बजे आश्विन ११ गते



थप ५४ जनामा कोरोना संक्रमण पुष्टि, ७६ जना संक्रमणमुक्त

काठमाडौं, ११ असोज।नेपालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १ हजार ७ सय २९ पिसिआर परिक्षणका क्रममा ४२ जना र २ हजार १ सय एन्टीजेन परिक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७६ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ हजार १ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।