सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

बंगलादेशविरुद्ध नेपालको सानदार जित

प्रकाशित समय: मगलवार, ०९ : ५८ बजे आश्विन ११ गते



बंगलादेशविरुद्ध नेपालको सानदार जित

काठमाडौं, ११ असोज।नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित हात पारेको छ । अञ्जन विष्टले पहिलो हाफमा गरेको ह्याट्रिकमा नेपालले बंगलादेशलाई पराजित गरेको हो ।

 

मंगलबार दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले पराजित गर्‍यो । अञ्जनले खेलको १८ मिनेटमा पहिलो गोल गरेका थिए ।अञ्जनले खेलको २७ मिनेटमा नेपालको अग्रता दोब्बर पारे । अञ्जनले ३८ मिनेटमा ह्याट्रिक गरे । अञ्जन नेपालको जितका लागि २० मिनेटभित्रमा ह्याट्रिक पूरा गर्न सफल भएका थिए ।

 

बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो । बंगलादेशका लागि साजाद हुसेनले ५५ मिनेटमा गोल गरेका थिए ।