लण्डन,विश्वभर छरिएर रहेका नेपाली गुरू पुरोहितहरूको संस्था ‘गुरु मन्जरी’ को प्रयासमा जीवनको महत्वपूर्ण विषयका रूपमा रहेको सुखमय दाम्पत्य जीवन, ज्योतिषी परामर्श, वास्तु परामर्श तथा बिभिन्न धार्मिक अनुष्ठानका लागि ‘मेरो स्वयम्वर’ नामक संस्था स्थापना गरिएको छ ।
संसारभर छरिएका नेपाली समाज र हिन्दुत्व परम्परा जर्गेना गर्नुका साथै जीवनयापनका क्रममा आइपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउन अष्ट्रेलियामा ‘गुरू मन्जरी’ स्थापना भएको संयोजक पण्डित प्रकाश ढोडारीले बताए ।
विशेषगरी विदेशमा पनि आफ्नो सामाजिक, धार्मिक, आर्थिक र सांस्कृतिक परिवेश सुहाउँदो उपयुक्त भेषभूषा, जात, वर्ण र शैक्षिक योग्यता अनुरूपको वर, बधुको मिलनका लागि यो संस्थाले अभियान थाल्ने संयोजक ढोडारीले बताए ।
‘धार्मिक अनुष्ठानसँगै जीवनको महत्वपूर्ण विषय भनेको विवाह हो । यो सफल भएमा मात्र जीवन र जगत सफल हुने विश्वास गरिन्छ । यसैले पनि उपयुक्त वर बधुलाई ‘मेरो स्वयम्वर’ मार्फत मिलन गराउने प्रयास हामीले थालनी गरेका हौ’, संयोजक ढोडारीले भने,‘विज्ञान र प्रविधिले सामाजिक क्षेत्रमा पनि लामो फड्को मारेकाले विकासको गतिसँगै दौडिरहेको मानव जीवनलाई सहज र सरल रुपमा संसारको जुन कुनावाट पनि उपयुक्त वरवधु प्राप्त गरेर सुखमय जीवनयापन गरून् भनेर हामीले यो मिलन बिन्दुको स्थापना गरेका हौं ।’
अष्ट्रेलियासँगै बेलायत, नेपाल, अमेरिका, क्यानडा र जापानमा संस्थाका बिधिवत् कार्यालयहरू रहनेछन् । यी संस्थाले सम्बन्धित मुलुकको कानुनी प्रकृयाभित्र रहेर मेरो स्वयम्वरलाई अगाडि बढाउनेछन् । यो संस्थाको उद्देस्यबारे प्रष्ट पार्दै ढोडारीले अगाडि भने, ‘विवाहका रुपमा बिदेश ल्याउने वा भिसा लाउने पटक्कै होइन, मेरो स्वयंम्बरले बिवाह गर्न चाहने बरबधुलाई उपयुक्त प्लेटफर्मको निर्माण मात्र गरिदिने हो ।’ संस्थाको बिशेष कामका लागि यसका ज्ञाता पण्डितहरुलाई समेत जिम्मेवारी दिइएको उनले बताए ।
विवाह र यस सम्वन्धि सबै विषयमा परामर्शका लागि प्रकाश पण्डितको संयोजकत्वमा एउटा टिम छ भने ज्योतिषी परामर्शका लागि पण्डित राज भेटवाल र वास्तुसम्वन्धी विषयमा श्रद्धा बिष्टको संयोजकत्वमा २१ जना दक्ष पण्डितहरू रहने छन् ।
जस अनुसार अष्ट्रेलियाबाट संयोजक प्रकाश ढोडारी छन् भने सदस्यका रुपमा अमेरिकाको न्युयोर्कमा पण्डित उद्धब शास्त्री, पण्डित रमनराज शास्त्री, वासिङ्गटनमा पण्डित राजेन्द्र खनाल, टेक्ससबाट पण्डित भवानीशंकर शास्त्री छन् । यस्तै नेपालबाट धार्मिक अभियन्ता मुकुन्द शर्मा, बेलायतबाट पण्डित दुर्गाप्रसाद पोख्रेल, क्यानडाबाट पण्डित धर्मदाश शास्त्री र जापानबाट पण्डित भगीरथ सापकोटा रहेका छन् ।
मेरो स्वयम्वरको सिड्नीमा नेपाल महोत्सवको क्रममा गत शनिवार भव्य रुपमा शुभारम्भ भएको छ । संस्थाको कार्यक्रम भने २०१९, जनवरी १ देखि शुभारम्भ हुने बेलायत संयोजक पण्डित दुर्गाप्रसाद पोख्रेलले बताए ।
समाचार श्रोत - wenepali.com
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ