काठमाडौं, १३ असोज।गण्डकी प्रदेशमा २८ असोजदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक भएको छ । २३ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा आइतबार गण्डकी प्रदेशले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशको सामना गर्नेछ ।
१ कात्तिकसम्म चल्ने प्रतियोगिताको हरेक दुई दिन समूह चरणको खेलहरु हुनेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेलहरु ३१ असोज र फाइनल खेल १ कात्तिकमा हुनेछ ।प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट भने सम्पन्न भइसकेको छ । २३-३१ भदौगतेसम्म चलेको प्रतियोगितामा नेपाल पुलिस क्लबले स्वर्ण, त्रिभुवन आर्मी क्लबले रजत र सुदूरपश्चिम प्रदेशले कांस्य पदक जितेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ