काठमाडौँ। गायिका अमृता लामिछानेको प्रस्तुती तथा दि डिभाइन म्युजिक र नेप्सिनेको सहकार्यमा बनेको म्युजिक भिडियो “पाटको नेती काठैको मदानी” सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा भिडियो सार्वजनिक भएको हो ।
दिनेशराज पुरीको शब्द रचना रहेको यस गीतमा अर्जुन पोखरेलले स्वर तथा संगीत दिएका छन् भने उनको साथमा गायिका अमृता लामिछानेको स्वर रहेको छ । विधान कार्की निर्देशित भिडियोमा कलाकारहरु चक्र बम, उषा उप्रेती, सुधिर श्रेष्ठ र बिना राउतले अभिनय गरेका छन् ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायक तथा संगीतकार पोखरेलले निर्देशक कार्कीले बनाएका यसअघिका आफ्ना ‘नबोली नबोली’ लगायतका अन्य गीतहरु सुपरहिट रहिसकेको स्मरण गर्दै यो गीतले पनि त्यस्तै सफलता पाउने बिश्वास व्यक्त गरे । उनले गायिका लामिछानेको स्वरमा आफ्नै स्वरले न्याय दिन सक्ने ठानेर आफैले गाएको बताए ।
भिडियो निर्देशक कार्कीले दशैँको शुभकामना स्वरुप यो गीत सार्वजनिक गरेको बताए । यस पटकको विजया दशमी ‘पाटको नेती काठैको मदानी’ गीतले उल्लासमय बनाउने बिश्वास उनले लिए । कार्यक्रममा बोल्दै कलाकारहरुले सबै नेपालीलाई दशैँको शुभकामना व्यक्त गरे ।
भिडियोका कोरियोग्राफर दिपक एम. सिंह हुन् भने अशिम रानाभाटको कस्ट्युम डिजाईन र दिपेन गौतमको प्रोडक्शन डिजाईन रहेको छ । दिपेन्द्र कार्की पिआर म्यानेजर रहेका छन् भने मनिषा पोखरेल कला निर्देशक हुन् । भिडियोमा केशव पाण्डेको स्टिल फोटोग्राफी, हरि हुमागाईंको छायांकन, बिकास दाहालको सम्पादन रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ