काठमाडौं, १५ असोज । दशैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।डार्बिन लुगेंलीको शब्द सृजना र स्वर रहेको गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ । सोनाहाङ राईको कम्पोज रहेको गीतमा लेखन र सह कम्पोजर डार्बिन लुङेली आफैँ हुन् ।
अनेकन असहज परिस्थितिमा आफूलाई सम्हालिरहँदा प्रेमिकाले पनि एक्कासि ब्रेकअप दिँदा जिन्दगीसँग विरक्तिएका युवकले ओसो आश्रमसम्म गएर मन शान्ति गरी आफ्नो गाउँ फर्किंदासम्मको कथालाई युवा निर्देशक आचार्य गोपालले कलात्मक शैलीमा तयार पारेका छन् । आफ्ना संघर्षका दिनमा एउटा बेरोजगार युवाले भोग्ने परिस्थितिलाई घर जाँदै छुमा कलात्मक शैलीमा देखाइएको छ ।
गाउँबाट शहरमा गएर गीत संगीत र कलालाई माया गर्ने युवकले झेल्ने अनेकन परिस्थितीमा मोडल मिन भण्डारीले कमालको अभिनय गरेका छन् । अमेरिकामा अभिनयको अध्ययन गरिरहेका मिनका अलावा, साहारा कोइराला , बिनोद कुमार पौडेलको पनि भिडियोमा अभिनय देख्न सकिन्छ ।
जसको परिकल्पना पनि आचार्य गोपालले नै गरेका हुन् भने भिडियोमा हिमाल शर्माको छायांकन, चानस पुन मगरको सम्पादन रहेको छ । चित्रकला थापाको निर्माण रहेको भिडियोको सहनिर्देशन किरण बिकले गरेका हुन् । भिडियो दृश्य सिनेमाको निर्माणमा जुजु कृयसन र फ्लिकर आर्टसको सहकार्यमा तयार भएको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ