काठमाडौँ, २१ असोज।लियोनेल मेस्सीले कतारमा आयोजना हुने विश्वकप आफ्नो अन्तिम हुने बताएका छन् । ३५ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनासँग पछिल्ला ४ विश्वकपमा सहभागिता जनाएका छन् । यसक्रममा १९ खेलमा उनले ६ गोल गर्नुका साथै ५ वटा गोलको अवसर सिर्जना गरेका छन् ।
सन् २०१४ मा अर्जेन्टिना उपविजेता बनेको थियो भने सन् २०२१ मा उनले टोलीलाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । मेस्सीले जित्न बाँकी उपाधि भनेको विश्वकप नै हो ।‘पक्कै पनि यो मेरो अन्तिम विश्वकप हो,’ ईएसपीएनसँग कुराकानी गर्दै उनले भने, ‘म विश्वकप आउने दिन गन्दै बसिरहेको छु । यहाँ उत्साह र चिन्ता दुवै छ । प्रतियोगिता कस्तो हुने हो ? कसरी अगाडि बढ्ने हो ?’
फिफा वरियतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिना समूह सीमा साउदी अरेबिया, मेक्सिको र पोल्याण्डसँग रहेको छ । ‘विश्वकपमा जे पनि हुन सक्छ । सबै खेल कठिन हुन्छन् । प्रतियोगिता जित्ने भनिएका टोलीले सधैँ जित्दैनन्,’ मेस्सीले भने, ‘अर्जेन्टिना सधैँ विश्वकपको दाबेदार रहँदै आएको छ ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ