काठमाडौं , २७ असोज।सेयर बजारमा बिहीबार सामान्य सुधार भएको छ । यस दिन नेप्से सूचक ४.१५ अंकले बढेर १८७०.६३ विन्दुमा पुगेको छ ।
बिहीबार ८२ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम पनि विगत केही दिनको तुलनामा सामान्य सुधार भएको छ । पछिल्लो केही समयदेखि नेप्सेमा साइडवेज मुभमेन्ट देखिएको छ ।
आज हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक हरियो बनेका छन् । २२२ कम्पनीको २६ लाख ९८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । तीन करोड ४० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ