ललितपुर, ललितपुरको चापागाउँमा दोस्रो राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ। लौह पुरुष गणेशमान सिंहको सम्झनामा ललितपुर किक बक्सिङ संघले दोस्रो राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना गर्न लागेको हो।प्रतियोगिता पुस ५, ६ र ७ गते चापागाउँको प्याङ्गाउँमा हुने भएको हो।
प्रतियोगितामा प्रथम हुने खेलाडीलाई २००००/- दोस्रो १००००/- तेस्रो दुई खेलाडीलाई पाँच पाँच हजार नगद पुरस्कार साथै उत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई जनही १५/१५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।
गोदावरी नगरपालिका वडा नम्बर ११चापागाउँ हुने खेलमा सबैभन्दा बढी स्वर्ण पदक हासिल गर्ने टिम च्याम्पियनलाई ५००००/- दोस्रो टिमलाई २५०००/- तेस्रो टिमलाई १२५००/- नगद पुरस्कार सहित पुरस्कृत गरिने ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनले जानकारी दिए।
प्रतियोगितामा पुरुष र महिलाका विभिन्न तौल समुहमा खेल हुनेछ भने खुल्ला तौल समूहका खेलाडी पनि सहभागी हुन पाउनेछन्।
खेलको उद्घाटन नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गर्नेछन् । समापन समारोहको प्रमुख आतित्थ्यता प्रकाशमान सिंहले गर्नेछन्।
प्रतियोगितालाई संगीतमय बनाउन नेपाल आइडल प्रताप दास र गायिका निशा देसारले आफ्नो प्रस्तुति दिनेछन्।
प्रतियोगितामा ३० लाख भन्दा बढी खर्च हुने प्रतियोगिताका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष ,अन्तर्राष्ट्रिय रेफ्री मीनकृष्ण महर्जनले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ