मंसिर,कुपिओ (फिनल्याण्ड), स्रष्टा पुष्पा खनालका दर्जन गीत तथा कविताहरूको वाचन कार्यक्रम सम्पन्न भएको छ ।
फिनल्याण्डको चिसो मौसममा पनि उनका गीत तथा कविता सुन्न ४० जनाभन्दा बढी फिनिस र नेपालीहरूको उपस्थिति भएको थियो ।
खनालले पहिलो पटक त्यसमा पनि स्वदेश बाहिर अङ्गे्रजी भााषामा यसरी एकल कवितावाचन गरेकी हुन् ।
यस क्रममा उनले चाहेर तिमीलाई पाउन सकिन, आउँदा जाँदा बाटो परे दाग कति राम्रो, मैले पुज्ने देव, आमा, गुलाव र म, नारी, हे विषलगायतका दर्जन बढी गीत र कविता बाचन गरेकी थिइन् ।
खनालले वि.सं. २०५० सालबाट लेख्न थालेकी हुन् । उनका अहिले सम्म २०० भन्दा बढी गीत तथा कविता छन् । एउटा पुस्तक प्रकाशन गरिसकेकी खनालको अब चाँडै अर्र्को पनि गीतको किताव निस्कन लागेको उनले बताईन् ।
नेपालकी उदयमान गीतकार खनालका गीतहरुमा अञ्जु पन्त, स्वरुप आचार्य, नरेन्द्र प्यासी, सरोज कोइरालालगायतका गायक गायिकाले स्वर दिएका छन् । खनालका गीत तथा कवितामा ममता, स्नेह, जागरुकताका साथै विद्यमान संसारसँगको बिद्रोह भेटिन्छ ।
उनको गीत तथा कवितामा स्थानीय सङ्गीतकार टोनी लेतो र पेते रिसेनले सङ्गीत दिएका थिए । उपस्थित फिनिस नागरिकले कविता तथा गीतले नेपालको कला, संस्कृति र समाजलाई बुझ्न निकै सहयोग गरेको बताएका थिए ।
कविता तथा गीत वाचन कार्यक्रम स्थानीय माउण्ट शेर्पा रेस्टुराँमा भएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ