काठमाडौैँ, २२ मङ्सिर ‘वल्र्ड रग्बी ट्रफी टुर’अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी टुँडिखेलमा सार्वजनिक गरिएको छ । नेपाल रग्बी सङ्घले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गर्नुभयो ।
उक्त विश्वकप ट्रफी यही मङ्सिर १९ गते बेलायत हुँदै नेपाल ल्याइएको थियो । मङ्सिर २० गते उक्त ट्रफीलाई सगरमाथा आधार शिविरमा लगिएको थियो । त्यस्तै मङ्सिर २१ गते विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र पाटन दरबार स्क्वायरमा प्रदर्शन गरिएको थियो ।
सन् २०१२ देखि नेपालमा पनि रग्बी खेलको औपचारिक शुरुआत भएको सङ्घले जनाएको छ । सङ्घ स्थापना भएलगत्तै नेपालले रग्बीको अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगितामा सहभागिता जनाउँदै आएको अध्यक्ष टङ्कलाल घिसिङले बताउनुभयो । विश्वमा नेपाललाई चिनाउन र पर्यटनको प्रवद्र्धनका लागि उक्त ट्रफी नेपालमा ल्याइएको सङ्घले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ