सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: शुक्रवार, ०५ : ५३ बजे कार्तिक ११ गते



थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ११ कात्तिक।नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ४ सय ४८ पिसिआर परिक्षणका क्रममा १२ जना र ४ सय ७६ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने थप २९ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।