सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ६ मंसिर २०७५ / Thursday, 22 November 2018

धुलिखेलमा विद्युत् चोरी

..
प्रकाशित समय: शुक्रवार, ०६ : २९ बजे बैशाख १ गते



 धुलिखेलमा विद्युत् चोरी

लोकल मिडिया संवाददाता
बैशाख १ काभ्रे , नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट नियन्त्रण गर्ने विशेष अभियान चलाइरहदाँ काभ्रेको पर्यटकिय स्थल धुलिखेलमा भने विद्युत चोरी भइरहेको छ । समुन्द्री सतहबाट करीब ५३३० फिटको उचाइमा रहेको देविस्थान डाँडाबाट गगनचुम्बी हिमालहरुको अवलोकन सँगै सार्वजनिक विदाको दिन पारेर पिकनिक अनि मनोरञ्जन गर्न सयौँको संख्यामा स्थानीय तथा बाहिरी पर्यटक आउने गर्छन् । तिनिहरुले मनोरञ्जन गर्न ल्याउने इलेक्ट्रोनिक साउन्ड सिस्टमको लागि  चाँहिने विद्युत भने सिधै नाँङ्गो तारमा लगेर जोड्छन । यो कार्य कसले गर्छ भनि स्थानियलाई सोध्दाँ पिकनिक स्थल संचालनको जिम्मेवारी पाएको समितिले नै व्यबस्थापन मिलाउँछ भनि जवाफ दिन्छन् । प्राधिकरणले बषौँदेखिको लोड सेडिङ्ग अन्य गर्न विद्युत चुहावट नियन्त्रण गर्ने विशेष अभियान चलाइरहदाँ नयाँवर्ष २०७४ वैशाख १ को यो दृश्यले प्राधिकरणलाई चुनौती थपिदिएको छ । बेलैमा सम्वन्धित निकायको ध्यान जाओस् । नयाँवर्ष २०७४ को शुभकामना ।