सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, २६ बैशाख २०८३ / Saturday, 09 May 2026

पत्रकार महासंघ ललितपुरको अध्यक्षमा ज्ञान प्रसाद पौडेल सर्वसम्वत

प्रकाशित समय: शुक्रवार, ०६ : ५७ बजे बैशाख ८ गते



पत्रकार महासंघ ललितपुरको अध्यक्षमा ज्ञान प्रसाद पौडेल सर्वसम्वत

लोकल मिडिया संवाददाता
बैशाख ९ ललितपुर , नेपाल पत्रकार महासंघ ललितपुरको १०औँ जिल्ला अधिवेशन हिजो वैशाख ८ गते सकिएको छ ।  पूर्व अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अथिति राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुप राज शर्माले कार्यक्रममा बोल्नुहुदैँ नेपाल पत्रकार महासंघ सबै पत्रकारहरुको साझा संगठन भएकाले कसैले पनि महासंघ भित्र दलिय राजनिति गर्न नहुने धारणा राख्नुभयो ।
कार्यक्रमको बिचमा अध्यक्ष लेखनाथ न्यौपानेले संगठानिक र कोषाध्यक्ष दामोदर खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसै वर्ष स्थापना गरिएको ललितपुर पत्रकारिता पुरस्कार २०७३ बाट नगद १५०००।– सहित नेपाल पत्रकार महासंघ ललितपुरका पूर्व अध्यक्ष समेत रहेका प्रभु नारायण बस्नेतलाई प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुरका पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो । सम्मान हुनेहरुमा संस्थापक अध्यक्ष धर्मरत्न शाक्य ,पुर्ण बस्नेत,उजीर मगर,दामोदर तिमल्सेना र लेखनाथ न्यौपाने थिए ।


नेपाल पत्रकार महासंघलाई साझा संगठनको फुलबारी बनाउन सर्वसम्वतको पहल गर्न प्रेस सेन्टरका अध्यक्ष रामहरि कार्की,ज्ञान प्रसाद पौडेल, सागर न्यौपाने प्रेस चौतारीका अध्यक्ष डिल्ली आचार्य ,ईश्वर ढकाल , घनश्याम धमला प्रेस युनियन अध्यक्ष जानुका बराल उपाध्यक्ष केदारनाथ दहाल ,राजु बस्नेत लगायत क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सोसाइटीका अध्यक्ष प्रतिनिधीहरुले अधिवेशन अगावै वार्ता र छलफललाई तिव्रता दिएका थिए । पदाधिकारी र कार्यसमितिमा सहमति भएपनि केन्द्रीय पार्षद् , प्रदेश पार्षद्मा धेरै समय रक्सारक्सी चलेको अधिवेशन अन्तत सहमतिमा पुग्यो र ज्ञान प्रसाद पौडेलको अध्यक्षतामा सर्वसम्वत नयाँ कार्यसमिति चयन गर्यो ।

 

अधिवेशनबाट खुल्ला उपाध्यक्षमा सागर न्यौपोने समावेशी उपाध्यक्षमा सिर्जना तिमल्सेना,सचिव सविन शर्मा सह–सचिव रङसुर महतरा समावेशी सह–सचिव अस्मिता खड्का र कोषध्यक्षमा रामहरि कार्की चयन भएका छन् । कार्यसमिति सदस्यमा क्रमश विरेन्द्र ओली,केशरी पुन,बिमल श्रेष्ठ,गोपाल आलेमगर,श्याम तण्डुकार,गोमा पाण्डे,भक्ति शाह,गणेश ब. आचार्य, विकास भट्टराई,तेज ब. तामाङ्ग,जिवी लामा,रविन राई,दिपक न्यौपाने र रोशन घिमिरे रहेका छन् । केन्द्रीय पार्षद् र प्रदेश पार्षद्मा आपसी सहमति अनुसार नै भागबन्डा मिलाइ पठाइएको थियो ।