सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

प्रकाशित समय: आइतवार, ११ : ३१ बजे कार्तिक २० गते



प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौँ, २० कात्तिक।प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ । आज प्रदेश १ र लुम्बिनी प्रदेश किर्तिपुर मैदानमा खेल्दा गण्डकी प्रदेश र त्रिभूवन आर्मी क्लबबीच मुलपानी मैदानमा खेल हुनेछ ।

 

दुवै खेल बिहान साढे ९ बजे सुरु हुनेछ । समान ३ खेल खेलेका लुम्बिनी र प्रदेश १ एक खेलमा जीत र दुई खेलमा हार व्यहोर्दै २ अङ्क जोडेर तालिकाको तेस्रो र चौथो स्थानमा छन् । यस्तै ५ अङ्क जोडेर गण्डकी समूह ए को दोस्रो स्थानमा छ भने आर्मी २ अङ्कसहित तेस्रो स्थानमा छ । हिजोको खेलमा कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ ।