सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

१५ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्ने

प्रकाशित समय: बुधवार, १० : ४७ बजे कार्तिक २३ गते



१५ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्ने

काठमाडौँ, २३ कात्तिक।बङ्गलादेशमा जारी १५ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

 

यो खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपाल २ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । बङ्गलादेश ३ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थान रहेको छ । भुटान अङ्क विहीन रहदै पुछारमा छ । नेपालले अन्तिम खेलमा पर्सि बङ्गलादेशसँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छ ।