काठमाडौँ, २५ कात्तिक।बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
बङ्गलादेशको ढाकामा आज भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो ।खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४औँ मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर खेलको ५४औँ मिनेटमा बङ्गलादेशकी खेलाडी रुमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् ।
त्यसपछि खेलको ८९औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी प्राप्त गरेको थियो । तर बङ्गलादेशकी बिबी रीताको पेनाल्टी प्रहार नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिँदा नेपाल च्याम्पियन बनेको हो । नेपाल शीर्षस्थानमा रहँदै उपाधि उचाल्न सफल भयो । त्यस्तै यस बराबरीसँगै नेपालले चार खेलमा अपराजित रहँदै १० अङ्क जोड्यो ।
समान चार खेल खेलेको बङ्गलादेशले सात अङ्क जोडेर उपविजेता बन्यो । भूटान अङ्कविहीन रहँदै घर फर्कियो । प्रतियोगितामा नेपाल, भूटान र बङ्गलादेशको सहभागिता रहेको थियो ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ