सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ४ आश्विन २०८० / Thursday, 21 September 2023

चापागाँउ डोबाटोमा गाडी पल्टियो,चालक सामान्य घाइते



प्रकाशित समय: सोमवार, ०७ : २८ बजे बैशाख ११ गते



चापागाँउ डोबाटोमा गाडी पल्टियो,चालक सामान्य घाइते

लोकल मिडिया संवाददाता
बैशाख ११ ललितपुर , नारायणघाट पोल्ट्रिफर्मबाट कुखुराको ११२० क्रेट अण्डा लिएर आएको महिन्द्रा बोलेरो गाडी आज बिहान ५ः०० तिर चापागाँउ डोबाटो नजिकै चक्रपथमा पल्टिएको हो । ग २ च २२७४ नम्वरको गाडीमा सवार ३ जना मध्ये २ जना सकुशल भएपनि चालक टेक बहादुर कुमाल भने सामान्य घाइते भएका छन् । चालकको भनाई अनुसार हिजो राति १०ः०० नारायणघाटबाट यात्रा शुरु गरेको बताउदैँ गाडी निन्द्राका कारण नभई बाटोको लिक छोडिन गइ गाडी दुर्घटना भएको हो बताउछन् । चक्रपथ निर्माणका कारण बाटो साँघुरो भएपनि बिहानीको समय बाटो  खालि हुने तर चक्रपथ समयमा निर्माण नहुदाँ यस्ता घटना भइरहने सातडोबाटोका ट्राफिक हवल्दार ईश्वर प्रसाद बञ्जारा बताउछन् ।