काठमाडौं, ११ मंसिर।साताको पहिलो काराेबार दिन आइतबार सेयर बजार १.६८ प्रतिशतले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेको हाे ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अङ्कले बढेर ३८६.२६ विन्दुमा पुगेको छ। यस्तै, बिहीबार नेप्से परिसुचक दोहोरो अंकले वृद्धि भएको र ९२ करोडभन्दा बढीको कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६९ कम्पनीकाे सेयर काराेबार वृद्धि हुँदा २० कम्पनीकाे मूल्य ओरालो लागेको छ । यस्तै, दुई कम्पनी स्थिर छ । कुल १९१ कम्पनीको कारोबार हुँदा ४२ लाख २३ हजारभन्दा बढी सेयर कित्ता किनबेच हुँदा दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। आज यस कम्पनीकाे ४५ करोड चार लाख बराबरकाे सेयर कारोबार भएको छ। दोस्रोमा नबील बैंक र तेस्रोमा नेपाल दुरसंचार कम्पनीको सेयर कारोबार भएको छ।
आइतबारको कारोबारमा १३ वटा उपसुचकमध्ये एक उपसुचक घटेको छ भने बाँकी सबै बढेका छन् । कारोबारमा माइक्रो फाइनान्स ३.०७ प्रतिशतले बढेको छ । फाइनान्स र म्यानुफेक्चरिङ प्रोसेसिङको सेयर मूल्य दुई प्रतिशत भन्दा बढीले बढेको छ। यी तीन कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्।
यस्तै, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्राेपावर, जीवन बिमा, निर्जीवन बिमा, अन्य र ट्रेडिङ इन्डेक्समा एक प्रतिशतभन्दा माथि बढेको नेप्सेले जानाएको छ ।डिप्राेक्स लघुवित्त वित्तिय संस्था ८.२१ प्रतिशत र जीवन विकास लघुवित्त वित्तिय संस्थाको ७.४३ प्रतिशतले काराेबार वृद्धि भएसँगै सेयर बजारमा हरियाली छाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ