काठमाडौँ, २९ मङ्सिर सरकारले दूध तथा दुग्धजन्य पदार्थको स्वच्छताका लागि ‘दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ लागू गर्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो ।
मन्त्रालयका अनुसार नेपालभरका दूध उत्पादन, सङ्कलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरणलाई समेट्न लागिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालका अनुसार दूधमा स्वच्छता एवं गुणस्तर कायम राख्न यस्तो कार्यविधि ल्याउनुपरेको हो ।
मानव स्वास्थ्यसँग जोडिएको विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने लक्ष्यका साथ कार्यविधि ल्याइएको जानकारी दिँदै मन्त्री खनालले दूध दिने जनावर स्वस्थ हुनुपर्ने, दूध दुहुने व्यक्तिको हातमा घाउ चोट तथा खटिरा नभएको तथा सङ्क्रामक रोग नलागेको हुनुपर्ने तथा पशु राख्ने गोठ सफा हुनुपर्ने विषयलाई निर्देशिकामा समावेश गरिएको छ ।
निर्देशिकामा सङ्कलन भएको दूध यथाशक्य अर्थात् दुई घण्टाभित्र चिस्यान केन्द्रमा पु¥याउनुपर्ने उल्लेख छ । यस्तै कुनै विषम अवस्थामा दूध चिस्यान केन्द्रमा पु¥याउन नसकिएमा काँचो दूधलाई ५७ देखि ६८ डिग्री तापक्रममा तताएर तुरुन्तै चिसो पारी चिस्यान केन्द्रमा पठाउनुपर्नेछ ।
दूध ढुवानीका लागि प्रयोग गरिएका भाडा, क्यान आदि सफा गर्न पर्याप्त पानी र अन्य व्यवस्था मिलाउनुपर्नेछ । सङ्कलन केन्द्रमा सडक विद्युत्को सुविधा हुनुपर्ने तथा किसानले दूध ल्याएका भाडा सफा गरेरमात्र पठाउने व्यवस्था गर्नुपर्नेसमेत निर्देशिकामा उल्लेख छ । दूध सङ्कलनका लागि आल्मुनियम वा स्टेनलेस स्टिलबाट बनेका भाँडा वा क्यानमा मात्र प्रयोग गर्नुपर्नेछ ।
यस्तै निर्देशिकाले बिहानको दूध बिहानै र बेलुकाको दूध बेलुकै सङ्कलन गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ । दूधमा पानी तथा अन्य कुनै बाह्य पदार्थ मिसावट गर्नु हुँदैन र मिसावट भएको दूध खरीद बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । गुणस्तर बिग्रेको, फाटेको वा बिगौती दूध चिस्यान केन्द्रमा लैजान पाइने छैन ।
यस्तै सङ्कलन भएको दूध गुणस्तर नबिग्रने गरी छिटो साधनद्वारा चिस्यान केन्द्र वा प्रशोधन उद्योगमा पु¥याउनुपर्ने, दूध ढुवानी गर्ने भाडा वा ट्याङ्करको बिर्को राम्रोसँग बन्द गरिएको हुनुपर्नेछ । कार्यविधिमा दूध चिस्यान केन्द्र, उद्योग तथा बिक्री केन्द्रलाई समेत नियमअनुसार सञ्चालन गर्नुपर्ने र मानव स्वास्थ्यलाई विशेष ध्यान दिइएको छ ।
चिस्यान केन्द्रबाट दूध प्रशोधन उद्योगस्म्म दूध ढुवानी गर्दा ढुवानी साधन वा ट्याङ्करमा सिल लगाउनुपर्नेछ । सरकारी निकायले त्यस्तो सवारी साधनको सिल खोली दूधको स्वच्छता तथा गुुणस्तर अनुगमन गर्न सक्नेछ । डेरी उद्योग स्थापना गर्न चाहने व्यक्ति वा संस्थाले खाद्य नियमावली, २०२७ अनुसार तोकिएको सरकारी कार्यालयबाट डेरी उद्योग स्थापना गर्न सिफारिश लिनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।
यस्तै कामदारको सरसफाइलाई पनि विशेष ख्याल गर्नुपर्ने, तोकिएको स्वच्छता मापदण्ड पूरा गरेको हुनुपर्नेछ । डेरी उद्योगले दूधको स्वच्छता र गुणस्तर परीक्षण, नष्ट वा फिर्ता गरिएका दूधलगायतका कच्चा पदार्थ खरीद गरेको स्रोत, परिमाण, गुणस्तरसम्बन्धी विवरणकोसमेत अभिलेख राख्नुपर्छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ