सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

विश्वकप लिग टू मा नेपालले आज नामिबियासँग खेल्दै

प्रकाशित समय: बुधवार, १० : ४२ बजे मंसिर २१ गते



विश्वकप लिग टू मा नेपालले आज नामिबियासँग खेल्दै

काठमाडौं, २१ मंसिर।आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।

 

यो खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । शृङ्खलामा नेपाल, नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र नामिबिया तीन एकदिवसीय अन्तर्राष्ट्रियमा खेलेका छन् । दुई खेल नामिबियाले जितेको छ । एक खेल भने बर्षाका कारण नतिजा बिहिन भएको छ । शृङ्खलाको पहिलो भेटमा नेपाल र नामिबिया बीचको खेल बर्षाले प्रभावित हुँदा अङ्क बाडिएको थियो । शृङ्खलामा दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा अङ्क बाडेको छ ।

 

नामिबियाले ३ खेल खेल्दा १ मा जित, १ मा हार र १ मा अङ्क बाडेको छ । ७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अङ्कसहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २९ खेलमा ३५ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ ।