काठमाडौं, २६ मंसिर । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक १६.९७ अंकले वृद्धि भइ १९०२.२८ विन्दुमा पुगेको हाे। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५७ अंकले घटेर ३७२.९३ मा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०५ कम्पनीको कारोबार हुँदा १५८ कम्पनीमम वृद्धि भएको र ४१ कम्पनीमा ओरालो लागेसँगै ७ कम्पनी स्थिर रहेको छ । यस्तै, ४४ लाख ७० हजार ६२५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा नविल बैंक शीर्ष स्थानमा छ। यसको साेमबार २१ करोड ३२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा कुमारी बैंक र तेस्रोमा सिभम सिमेन्टको कारोबार भएको छ।बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये एक उपसूचकबाहेक सबै उपसूचकमा उकालो लागेको छ। सबैभन्दा धेरै अन्य इन्डेक्सको ६.१४ प्रतिशतले वृद्धि भएको छ ।
साेमबारको कारोबारमा सुम्मित लघुवित्त र सिवाइसियलको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यी दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। आइतबार सेयर बजार सेयर बजार ३१.९७ अंकले घटेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ