मेलम्ची, २ सिन्धुपाल्चोकको दुर्गम क्षेत्र पाँचपोखरी थाङ्पालगाउँपालिकामा नेपाल टेलिकमका दुई टावर सञ्चालनमा आएका छन् ।
आजदेखि पाँचपोखरी थाङ्पाल–१ जतन र वडा नं ३ भोताङमा नेपाल टेलिकमको टावर सञ्चालन गरिएका हुन् ।
गाउँपालिकाला उपप्रमुख सुनिता अधिकारी, नेपाल टेलिकमका निर्देशक अनन्तकुमार सिहं, गाउँपालिकाका प्रवक्ता पासाङ लामा, १ नं वडाका अध्यक्ष सूर्यमान दोङ र ३ नं वडाका वडाध्यक्ष ङिमा छिरिङ तामाङले संयुक्तरुपमा टावरको उद्घाटन गर्नुभएको थियो ।
टावर सञ्चालनमा आएसँगै स्थानीयवासीलाई फोन गर्न डाँडा चढ्नु पर्ने समस्याको अन्त्य भएको छ । यसबाट दुर्गम भेगका १५ वडा लाभान्वित भएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ