रियो दि जेनेरियो, २८ मंसिर।अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले सन् २०२२ को फिफा विश्वकपको फाइनल अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल हुने पुष्टि गरेका छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएपछि मेसीको सो भनाई आएको हो ।
मेस्सीले अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो डेपोर्टिभो ओलेलाई भनेका छन्, ‘फाइनलमा आफ्नो अन्तिम खेल खेलेर विश्वकप यात्रा पूरा गर्न पाउँदा म निकै खुसी छु ।’
अर्को विश्व कपका लागि अझै धेरै वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिले जस्तै खेल्न सक्छु जस्तो नलागेको उनले बताएका छन् । ‘अर्कोको लागि धेरै वर्षहरू छन् र मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु । यसरी समाप्त गर्न यो सबै भन्दा राम्रो हो’ उनले भनेका छन् ।
‘हामी कठिन परिस्थितिहरूबाट गुज्र्यौं । आज हामी केही शानदार अनुभव गरिरहेका छौं’’ उनले भनेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ