सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

सोमालियामा ६२ जना मारिए

प्रकाशित समय: सोमवार, ०८ : ४१ बजे पुष २ गते



सोमालियामा ६२ जना मारिए

मोगादिसु, २ पुस मोगादिसुमा गत हप्ताभर भएका छ हवाई आक्रमणमा परी कम्तीमा ६२ जना लडाकू मारिएका छन् ।

 

राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा परी अल शबाबका लडाकूहरु मारिएको अमेरिकी सेनाले सोमबार जनाएको छ । अमेरिका अफ्रिाका कमाण्डले पछिल्लो घटनामा सर्वसाधारण भने कोही नमारिएको दावी गरेको छ ।

 

गान्डार्सेमा अल शबाबका लडाकूहरुलाई लक्षित गरी शनिबार गरिएको चार ओटा हवाई आक्रमणमा ३४ जना मारिएका थिए ।

 

त्यसैगरी आईतबार भएको आक्रमणमा अरु २८ जना मारिएका थिए । आइतबार दुई ओटा हवाई आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । गान्डार्से सहर राजधानी मोगादिसु र मार्काको बीचमा पर्ने सानो तटिय सहर हो ।

 

त्यस सहरलाई आतङ्कवादी समूहले राजधानी आक्रमण गर्ने आश्रयस्थलको रुपमा प्रयोग गर्दै आएका थिए ।(रासस÷सिन्ह्वा)