काठमाडौं, ७ पुस।बंगलादेशमा जारी बंगबन्धु एसियन यु-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । नेपाल र आयोजक बंगलादेशबीचको खेल साझ ४ बजे सुरु हुने बताइएको छ ।
नेपाल भलिबल संघ (एनभिए) ले गत आइतबार नै १९ सदस्यीय टोलीलाई बिदाई गरेको थियो । प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा रहेको टोलीको कप्तानी ओपन स्पाइकर धिरोजकुमार बस्नेतले गर्नेछन् । यस अघि संंघले खुला छनोटमा आएका ८६ खेलाडीबाट राष्ट्रिय टोली निर्माण गरेको थियो ।
बंगबन्धु एसियन यु २३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र काजकिस्तान रहेका छन् ।
नेपाली टोलीः
धिरोज कुमार बस्नेत (कप्तान)–ओपन स्पाइकर
रवि केसी– ओपन स्पाइकर
सन्तोष खत्री– ओपन स्पाइकर
अर्जुन नेपाली– क्विक स्पाइकर
रुपबहादुर गुराउ –अलराउन्डर
बिष्णु बस्नेत– ओपन स्पाइकर
सफल बिक– क्विक स्पाइकर
सन्तोष महत्ता– क्विक स्पाइकर
हेमन्त मल्ल– अलराउन्डर
वेद प्रकाश जोशी– सेटर
सम्राट भण्डारी– सेटर
गौरब पाण्डे–लिबेरो
भिमराज गुरुङ– लिबेरो
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ