सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ आश्विन २०८१ / Monday, 07 October 2024

मधेसलाई अलग राष्ट्र बनाउने अधिकार हामीलाई छ:महन्त ठाकुर

प्रकाशित समय: बुधवार, ०७ : ५८ बजे बैशाख १३ गते



मधेसलाई अलग राष्ट्र बनाउने अधिकार हामीलाई छ:महन्त ठाकुर

लोकल मिडिया संवाददाता बैशाख १३ , धनुषा    राष्ट्रिय जनता पाटी नेपालकाअध्यक्ष महन्त ठाकुरले मधेसको इतिहास अलगै भएको कारणले अब मधेसमा मधेसीले मात्रै शासन गर्ने गरी कानुन र नितील्याउनु पर्ने अन्यथा भएमा मान्यनहुने चेतावनी दिएका छन् । धनुषाको जनकपुर धाममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघिय गठबन्धनको आयोजनामा भएको विरोध सभामा बोल्दै अध्यक्ष ठाकुरले मधेसमा मधेसका जनता र जमिनको सुरक्षा राज्यले दिन सकेको बताउँदै संविधान संम्शोधन मार्फत जनताको सुरक्षा जनताको अधिकारको सुरक्षाको ग्यारेन्टि नभए नेपालको सिमाबाहिर बस्ने अधिकार मधेसी जनतालाई रहेको बताएका छन् । मधेसीहरु आफ्नो घरमा समेत असुरक्षित रहेको र सुरक्षादिने सुरक्षाकर्मीबाटै मारिने गरेकाले बाध्यात्मक परिस्थितीको सृजनाहुन सक्ने बताए । शिक्षा स्वास्थ्य र रोजगारको लागीआफुहरुलाइृ अझै पनि उपेक्षित  गरिएको बताउँदै परिमार्जन सहितको संविधान संसोधन बिनाहुने चुनावमा मुखिया र नगर प्रमुख बन्छुभन्ने लोभमा मधेसी मोर्चा नफस्ने बताए । सो कार्यक्रममा संघिय समाजवादी फोरमकाअध्यक्ष उपेन्द्र यादवले संविधान अनुसार मधेसमा चुनाव गराउने अधिकार मधेस प्रदेश सरकारको भएकोले पहिला संसद र प्रदेशको चुनाव गराउनु पर्ने बताएका छन् ।

मधेसको जनताको लागि धोका देशको लागि पनि धोका हो,नयाँ सन्ततीको लागि पनि धोका हो भन्दै यादवले मधेसीहरुको विवेधको अन्त्य छिट्टै हुने बताए ।