सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय किक बक्सिङ दोस्रो दिन, ५ सेमिफाइनल र १० फाइनल खेल भोलि हुँदै

प्रकाशित समय: शुक्रवार, ०७ : २७ बजे पुष ६ गते



दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय किक बक्सिङ दोस्रो दिन, ५ सेमिफाइनल र १० फाइनल खेल भोलि हुँदै

ललितपुर, दोस्रो गणेशमानसिंह राष्ट्रीय किक बक्सिङ प्रतियोगिताको दोस्रो दिन पनि दिनभर खेल भयो। ७०के जी पुरुष तर्फको खेलमा नेपाल आर्मीका शिवजी सिलवाललाई हराएर सो क्योकुसिनका प्रदिप तामाङ फाइनलमा प्रवेश गरेका छन्। त्यस्तै IKRF का प्रविन मेचेलाई हराउँदै सशस्त्र प्रहरीका विरेन्द्र सिं खत्री फाइनलमा प्रवेश गरेका छन्।

 

६० केजी पुरुष तर्फ आयोजकको तर्फबाट राजन पाइजा र प्रकाश कुमार बिष्ट,शंखमुलका योगेश थिङ, नेपाल आर्मीका राजेश चौधरी सेमिफाइनलमा प्रवेश गरेका छन्। खुल्ला महिला तर्फ नेपाल आर्मीका मन्जु बि क र बिन्दु पुन मगर फाइनलमा प्रवेश गरेका छन्। ५५ केजी महिला तर्फ भएको खेलमा सशस्त्र प्रहरीका अन्जली श्रेष्ठ र आयोजकको तर्फबाट सम्रीता राई फाइनलमा प्रवेश गरेका छन्।

 

६० केजी महिला तर्फको खेलमा नेपाल आर्मीका लुमन्ती श्रेष्ठ र सो क्योकुसिनका सिवानी श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन्। ५० केजी पुरुष तर्फ भएको खेलमा नक्साल क्लबका योनव चुम्लुङ राइ, बाँकेका टेकराज रोक्का, वादोकाइका प्रशान्त लामा र आयोजकका तर्फबाट सन्जय राइ सेमिफाइनलमा प्रवेश गरेका छन्।

 

त्यस्तै ५५ केजी पुरुष तर्फ भएको खेलमा सशस्त्र प्रहरीका सुमन नेपाली, सतुङ्गल क्लबका मनोज सुनुवार, क्योकुसिनका जोसिश राइ र नेपाल आर्मीका महेश रोक्का सेमिफाइनलमा प्रवेश गरेका छन्। खुल्ला पुरुष तर्फको खेलमा नेपाल आर्मीका किरण सिंह साउद फाइनलमा प्रवेश गरेका छन् भने नेपाल आर्मीकै चित्र सिंह ठकुरी र स्योकुसिन कोइ दिपेश सुर्यवंशी सेमिफाइनलमा प्रवेश गरेका छन्।

 

भोलि ५ सेमिफाइनल र १० फाईनल खेल हुने रेफ्री संयोजक राजेन्द्र कपालीले बताए।

 

१० स्वर्ण १० रजत र २० कास्य पदकालागि भएको खेलमा प्रथम हुने खेलाडीलाई २००००/- दोस्रो १००००/- तेस्रो दुई खेलाडीलाई पाँच पाँच हजार नगद पुरस्कार साथै उत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई जनही १५/१५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।

 

त्यस्तै सबैभन्दा बढी स्वर्ण पदक हासिल गर्ने टिम च्याम्पियनलाई ५००००/- दोस्रो टिमलाई २५०००/- तेस्रो टिमलाई १२५००/- नगद पुरस्कार सहित पुरस्कृत गरिने ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनले जानकारी दिए।

 

प्रतियोगिताको समापन समारोहको प्रमुख आथित्यता ग्रहण गर्न,विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्न नेपाली कांग्रेसका नेता पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह आउनुहुने प्रतियोगिताका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष अन्तर्राष्ट्रिय रेफ्री मीनकृष्ण महर्जनले जानकारी दिए। नेपाल आइडल प्रताप दासले समापन समारोहलाई संगीतमय बनाउने पनि महर्जनले जानकारी दिए।