सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

नेपाल आइडल सिजन टू विजेता रवि ओड

प्रकाशित समय: शुक्रवार, ०९ : १९ बजे पुष ६ गते



नेपाल आइडल सिजन टू विजेता रवि ओड
काठमाडौं : नेपाल आइडल सिजन टू विजेता रवि ओड बनेका छन्। पुरस्कारस्वरुप उनले २२ लाख रुपैयाँको चेक र एउटा होन्डा डब्लुआर भी कार प्राप्त गरे। एउटा एल्बमको सम्झौतासँगै विश्व भ्रमणको मौका समेत उनलाई छ।विक्रम बराल फस्र्ट रनरअप बने। उनले २० लाखको चेक प्राप्त गरे भने सेकेन्ड रनरअप बनेका सुमित पाठकले १२ लाखको चेक पाए। अस्मिता अधिकारी चाहिँ थर्ड रनर अप भइन्। उनले होन्डा कम्पनीको स्कुटर प्राप्त गरेकी छन्। डिसेम्बर १ देखि उनीहरुले विश्वभर घुमेर प्रस्तुति दिनेछन्।