सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

सागर पुन सात महीना मैदान बाहिरै रहने

प्रकाशित समय: शनिवार, ०५ : २४ बजे पुष ७ गते



 सागर पुन सात महीना मैदान बाहिरै रहने

काठमाडौँ, ७ पुस  राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ ।

 

दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छदेखि सात महीना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्काले जानकारी दिनुभयो । सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाइ छ ।

 

जारी इपिएलमा काठमाडौँ किंग्स ११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलका क्रममा बलिङ गर्दा चोट लागेको थियो ।