सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

इपिएल क्रिकेट प्रतियोगिता दोस्रो संस्करणको उपाधि ललितपुरलाई

प्रकाशित समय: शनिवार, ०५ : ३३ बजे पुष ७ गते



इपिएल क्रिकेट प्रतियोगिता दोस्रो संस्करणको उपाधि ललितपुरलाई

सर्वाधिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उपाधि ललितपुरले हात पारेको छ।

 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका ज्ञानेन्द्र मल्लको नेतृत्व टोली ललितपुर र शरद भेषवाकरको टोली भैरहवा ग्लाडिएटर्सबीच खेल भएको थियो। टस हारेर ललितपुरले भैरहवासामू १५६ रन लक्ष्य प्रस्तुत गरेको थियो। तर, भैरहवा १४१ रन बनाएर अलआउट भयो।

 

भैरहवाका लागि ओपनर प्रदीप ऐरीले २२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । रविइन्दर सिंहले ३२ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २९ रन बनाए । मोहम्मद नविदले १० रन बनाउन सके। शरद भेषवाकर र रायन टेन डेस्काटेले समान १४ रन बनाउँदा आरिफ शेखले १२ रन बटुले। यस्तै, कुशल मल्लले नटआउट हुँदै १६ रन बनाउन सफल भए।

 

ललितपुरको जितमा पवन सर्राफ र ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरे। यसअघि ललितपुरका जयकिशन कोसवालाले अर्धशतकीय पारी खेले। उनले ३ चौका र ३ छक्काको मद्दतले ५२ बलमा ५७ रन जोडेका थिए।सन्दीप जोराले २४ रनको योगदान गरे भने गौरव तोमारले २३ रन जोडे। उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

 

१९.१ ओभरमा सबै विकेट गुमाएर ललितपुर १ सय ५५ रनमा समेटिएको थियो। यस्तै, प्लेयर अफ दि म्याचको उपाधि ललित राजवंशीले पाएका छन् भने प्लेयर अफ द सिरिजको उपाधि रविइन्दर सिंहले पाएका छन्।