काठमाडौँ।चलचित्र विकास बोर्डले बाग्मती प्रदेश, दोलखा जिल्लाको लाकुरीडाँडामा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’को अवलोकन तथा अनुगमन गरेको छ । सो क्रममा झण्डै ११ बर्षअघि देखि निर्माणप्रक्रिया तालिएको सिटीमा भएका प्रगति विवरण, नयाँ सम्भाव्यता तथा तीन तहका सरकार र निजी क्षेत्रसँगको लगानी सहकार्यको सम्बन्धमा स्थानीय सरकारसँग छलफल समेत भएको छ ।
राष्ट्रतिद्वारा प्रस्तुत चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा सम्बोधन भएको फिल्म सिटी अवलोकनको क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, बोर्ड सदस्य राज कटुवाल, संचालन तथा व्यवस्थापन समितिका संयोजक मदनदास श्रेष्ठ, संचार तथा सुचना प्रविधि मन्त्रालयका सह-सचिव उत्तर कुमार खत्री, मन्त्रालयका उप-सचिव तथा बोर्डका सदस्य सचिव टंक प्रसाद महत, मन्त्रालयका उप-सचिव तथा बोर्ड सदस्य श्रीधर ज्ञवाली, मन्त्रालयका उप-सचिव सुरेन्द्र थापा, बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई, बोर्डकी अधिकृत निर्मला चौलागाईं लगायतको टोलीले फिल्म सिटी रहेको भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिप शंकर चौलागाईं, नगरपालिकाका कर्मचारीहरु, विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु लगायतसँग फिल्म सिटीको लगानी सहकार्य, सिटीको महत्व, पर्यटन प्रवर्द्धन, रोजगारी तथा वरपर हुने व्यापारिक केन्द्रको बिषयमा छलफल भएको छ ।
बोर्ड अध्यक्ष केसीले भिमेश्वरमा फिल्म सिटी ल्याउनपर्छ भन्ने योजना ल्याउने बरिष्ठ कलाकार मदनदास श्रेष्ठ तथा सम्बन्धित सम्पूर्ण निकायहरुप्रति आभार व्यक्त गर्दै फिल्म सिटी बन्दा सबैभन्दा खुशी यो देशको कलाकारलाई हुने बताउनु भयो । “फिल्म सिटी बन्दा यो देशका सबै कलाकारहरु सबैभन्दा खुशी हुन्छन् । यो हरेक कलाकारको सपना मात्र नभएर सबै नेपालीमा यो सिटीलाई लिएर निकै उत्साह देखिएको छ” केसीले भन्नुभयो, “फिल्म सिटी एक छुट्टै संसार हो । मैले बलिउड र हलिउडमा देखेको फिल्म सिटीजस्तै नै हो यो फिल्म सिटी पनि । चलचित्र विकास बोर्डले मात्र होईन, नेपाल सरकार एकदमै रुचि राखिरहेको छ । चलचित्र मनोरन्जनको माध्यम मात्र नभएर हाम्रो देशको कलासंस्कृतिको विकास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ । हामीले छिट्टै नै नेपाली र विदेशी फिल्महरु यो सिटीमा छायांकन भएको हेर्न चाहन्छौँ” । अध्यक्ष केसीले फिल्म सिटी आफुले फिल्ड भिजिट गर्नुअघि सोचेको भन्दा निकै फरक भौगोलिक अवस्थामा पाएको बताउनुभयो । “मैले यसअघि यो सिटीलाई सामान्य रुपमा बुझेको थिएँ । बोर्ड अध्यक्ष बनेर आईसकेपछि विस्तृत अध्ययन र फिल्ड भिजिटमा पुगेपछि निकै विशाल पाएँ । हामीले सुनेको आधारमा बनाउँदै आएको धारणा भन्दा निकै बृहत स्थान रहेछ”, उहाँले बताउनुभयो । केसीले निकै ठुलो योजना भएको हुँदा तुरुन्तै सम्पन्न नहुने बताउँदै सहकार्यको लागि सबै तहका सरकार र निजी क्षेत्रलाई आह्वान गर्नुभयो ।
छलफलमा नगरपालिकाका प्रमुख मानन्धरले सम्पूर्ण दोलखाबासीले अतिमहत्वपूर्ण फिल्म सिटीलाई सपनाको रुपमा हेरेको बताउनुभयो । परियोजना सुरु भएको लामो समय बितिसकेको भएता पनि सोचेअनुरुप प्रगति नदेखिएको बताउँदै उहाँले भन्नुभयो, “यो सपना देखेको धेरै बर्ष भईसकेको छ । यो बीचमा लगानीको समस्याका कारण काम थालनी गरी बेवारिसे रुपमा छोडिन थालेपछि सरकारकै अन्य मन्त्रालयले यसभित्रै आँखा लगायो । सरकारी संयन्त्रहरु कुन अवस्थामा रहेछन् भन्ने कुरा फिल्म सिटीको कथाब्यथाले बताउँछ” । राष्ट्रिय योजनाको रुपमा एउटा योजना चलिरहेको क्षेत्रभित्र अर्को मन्त्रालयद्वारा अन्य कामको लागि ठेक्का लगाउने कोशिस गरेको भन्दै मानन्धरले बिष्मयता प्रकट गर्नुभयो । उहाँले नगरपालिकासँग पुर्वाधारको मामलामा खर्च गर्ने ठुलो बजेट नहुने बताउँदै यो परियोजना सफल बनाउन संघिय सरकारसँग लगानीमा बढोत्तरी गर्न जोड दिनुभयो । नगरपालिकाकी उपप्रमुख बस्नेतले स्थानीय सरकारले गर्ने सबै प्रयासहरु भिमेश्वर नगरपालिकाले गरिरहेको बताउनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ