काठमाडौं । नेपाल क्रिकेट संघले काठमाडौंमा जारी नेपाल टि२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ र स्पोट फिक्सिङ भएको भनेर झूठो हल्ला फैलाएको आरोप छ ।
कीर्तिपुरको क्रिकेट मैदानमामा ९ पुसदेखि चलिरहेको प्रतियोगितामा भ्रामक तथा मिथ्या सूचना फैलिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाली क्रिकेट र राष्ट्रको नाममा ठेस पुऱ्याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्न संघ प्रतिबद्धता रहेको जनाएको छ । यस प्रकारका म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको लिगको एन्टि कर्पसन युनिटमा उजुरी दिन अनुरोध पनि गरेको छ । साथै मिथ्यता तथा भ्रामक सूचना नफैलाउन संघले सबैलाई अनुरोध गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ