लोकल मिडिया संवाददाता
बैशाख ११ ललितपुर ,बजारमा विभिन्न महल र कम्लेक्स खुले पनि पार्किङ्ग र अन्य सुविधाका कारण मानिसहरु किनमेल गर्न लोकलमार्केटमा जाने गर्छन् । सडक पेटिमा सामान्य व्यापार व्यवसाय गरेर जिविकोपार्जन गर्ने मानिसहरुको कमि छैन् । पछिल्लो समयमा बढ्दो सहरीकरण, सवारी साधनको चापले गर्दा सडक पेटिमा व्यापार व्यवसाय गर्न सजिलो छैन । बिहान सात बजे देखि साँझ ५ बजे सम्म सडक पेटिमा व्यापार व्यवसायगर्न महानगरपालिका काप्रहरीले रोक लगाएपनि लुकि छिपि व्यापार व्यवसाय गरेर बसेका नै हुन्छन् । काभ्रेका नगेन्द्र तोलाङ्गेले भने व्यवसायका लागि बेग्लै तरिका अपनाएका छन् । घरभाडा तिर्नुपर्ने झन्झट् सामान ओसार पसार गर्न अप्ठ्यारो महसुस गरी उनले गाडी खरिद गरी गाडीमा नै ¥याक, ह्याङ्गर बनाई जुत्ताचप्पल, पाइन्ट, ज्याकेट राखि बिक्रिवितरण गर्ने गरेका छन् । बा १४ च ४१०३ नम्बरको महिन्द्रा बोलेरो गाडी किस्ताबन्दीमा निकालि काठमाडौं उपत्यकाका कुपण्डोल, सानेपा, बागेश्वरी, डल्लु, कोटेश्वर लगायतका स्थानमा आफैले सवारी चलाई खुल्ला स्थानमा पार्किङ्ग गरी व्यापार सुरु गर्छन् । बाग्मती फुड वयर, कपनको उत्पादन रहेको जुत्ता बिक्रिगर्ने तोलङ्गगेले आफुलाई बाग्मती फुड वयरले सहयोग गरेको बताएका छन् । गाडीमा नै सामान राखेर बेच्दा, सामानल्याउने लाग्ने भाडा, ड्राइभरको तलब, कोठा भाडा तिर्नु नपर्ने र बजारमाहुने गरेका मेलामहोत्सवहरुमा सिधै गाडी लिएर व्यापार गर्न पाइने बताए । काभ्रे २८ किलो घर भइहालकपन बस्दै आएका तोलङ्गेले यसरी गाडीमा व्यापार व्यवसाय गर्दा प्रतिदिन २०÷२५ हजार व्यापार हुने बताएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2024. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--