सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ७ बैशाख २०८१ / Friday, 19 April 2024

सेयर बजार १८.०९ अंकले बढ्याे, ५ अर्ब बढीको कारोबार



प्रकाशित समय: बिहिवार, ०४ : ४४ बजे पुष २१ गते



सेयर बजार १८.०९ अंकले बढ्याे, ५ अर्ब बढीको कारोबार

काठमाडौं, २१ पुस । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दाेहाेराे अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा १८.०९ अंकले वृद्धि भई २१४३.९३ विन्दुमा आएर रोकिएको छ । बिही‍बार ०.८५ प्रतिशतले सेयर बजार बढेको हो ।

 

बुधबार नेप्से परिसूचकमा ६४.८७ अंकले उकालो लागेको थियो भने ३ अर्ब बढिको सेयर कारोबार भएको थियो ।बिहिबार २५९ कम्पनीको कारोबार हुँदा एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४३ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै रिडी पावर कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

 

बिहीबार ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । जसमा, चन्द्रागिरी हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, द्यौलागिरि लघुवित्त, खप्तड लघुवित्त, श्रीजनशील लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त ‍वित्तीय संस्था, मिर्मिरे लघुवित्त, किसान लघुवित्त , नादेप लघुवित्तीय संस्था, पीपुल्स पावर लिमिटेड, धाैलागिरि लघुवित्त, बाराही हाइड्रोपावर, हिमालयन उर्जा, इस्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

 

यस्तै, कुल १४७ कम्पनीमा उकलो लागेको छ भने जम्मा ६२ कम्पनीमा ओरालो लागेको छ । ४ कम्पनी भने स्थिर रहेको छ ।बिहीबार १३ उपसूचकहरू मध्ये बैंकिङ र अन्य इन्डेक्सबाहेक सबै उपसूचकहरुमा हरियाली छाएको छ।