सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

नेपाल टी–२० लिग : जनकपुरलाई हराउँदै लुम्बिनी अल स्टार्स फाइनलमा

प्रकाशित समय: आइतवार, ०४ : ४७ बजे पुष २४ गते



नेपाल टी–२० लिग : जनकपुरलाई हराउँदै लुम्बिनी अल स्टार्स फाइनलमा

काठमाडौं । लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको हो ।

 

लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै जोड्दा पराजय व्यहोर्‍यो ।लुम्बिनीका इशान पाण्डेले सर्वाधिक ३८, अनिल शाह २४, विपुल शर्मा २०, सेड्ली भान स्केल्कवेकले १७, लाहिरु मिलान्थाले १६, दिपेन्द्रसिंह ऐरी १० रन जोडे ।

 

जनकपुरका अशन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले दुई/दुई विकेट लिँदा ग्रिफित र पवन शर्राफले समान एक विकेट लिए । जनकपुरका लागि सामिउल्लाह सिनवारीले सर्वाधिक ४५, ओपनर शरार्फुदिन असरफ २४, राजेश पुलामी १३, कप्तान ट्रेभोन ग्रिफितले १० रन जोड्दा पवन शर्राफ ३० रनमा अविजित रहे । लुम्बिनीका कप्तान दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान दुई दुई विकेट लिए भने शेड्ली भान स्केल्कवेले एक विकेट लिएका थिए ।