सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

नेपाल टी–२० क्रिकेट लिगको उपाधिको लागि आज लुम्बिनी र विराटनगर खेल्ने

प्रकाशित समय: बुधवार, ०९ : १३ बजे पुष २७ गते



नेपाल टी–२० क्रिकेट लिगको उपाधिको लागि आज लुम्बिनी र विराटनगर खेल्ने

काठमाडौँ, २७ पुस।नेपाल टी–२० क्रिकेट लिगको उपाधिको लागि आज लुम्बिनी अल स्टारर्स र विराटनगर सुपर किङ्स खेल्दैछन् ।

 

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ । लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुरलाई तथा विराटनगरले पनि दोस्रो क्वालिफायरमा जनकपुरलाई नै हराएर फाइनल पुगेका हुन् ।  लिगको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 

यस्तै तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।