१० पुस, काठमाडौं , भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज तथा न्युजिल्यान्डविरुद्धको एक दिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिममा परेका छन् ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको १६ सदस्यीय टोलीमा भारतीय क्रिकेट टिमका धोनीले पनि पुनरागमन गरेका हुन् । यसअघि भारतले वेष्टइण्डिज र अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज खेल्दा टिममा धोनी अटाएका थिएनन् ।
भारतले अष्ट्रेलियासँग अहिले तेस्रो टेष्ट क्रिकेट खेल्ने तयारीमा छ । चार खेलको टेष्ट क्रिकेट सिरिज सकेपछि अष्ट्रेलियासँग भारतले एक दिवसीय क्रिकेट सिरिज खेल्नेछ । यो सिरिजमा धोनीले पनि खेल्ने छन् ।तर, ऋषभ पन्त अष्ट्रेलिया र न्यूजील्याण्डविरुद्धको वनडे सिरिजमा अटाएका छैनन् ।
अष्ट्रेलियाविरुद्ध १२ जनवरीदेखि वनडे सिरिज सुरु हुनेछ । यसैगरी २३ जनवरीबाट भारतको न्यूजील्याण्ड यात्रा सुरु हुनेछ, जहाँ पाँच वन डे र तीन टी-ट्वान्टी खेल भारतले खेल्ने छ ।
पिठ्यूँको समस्याका कारण वेष्टइन्डीजविरुद्ध वनडे सिरिज खेल्न नपाएका हार्दिक पाण्ड्या अष्ट्रेलियाविरुद्ध खेल्ने टोलीमा परेका छन् । उनी न्यूजील्याण्डविरुद्धको पनि वन डे र टी-ट्वान्टी सिरिजका लागि १६ सदस्यीय टिममा अटाएका छन् ।
अष्ट्रेलिया र न्यूजील्याण्डविरुद्धको वन डे सिरिजका लागि विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), महेन्द्रसिंह धोनी (विकेट किपर), लोकेश राहुल, शिखर धवन, अंबाती रायडु, दिनेश कार्तिक, केदार जाधव, हार्दिक पाण्ड्या, कुलदीप यादव, युजवेन्द्र चहल, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, जसप्रीत बुमराह, खलील अहमद र मोहम्मद शामी छन् ।
यसैगरी न्यूजील्याण्डविरुद्धको टी-ट्वान्टी सिरिजका लागि विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), लोकेश राहुल, शिखर धवन, ऋषभ पन्त, दिनेश कार्तिक, केदार जाधव, महेन्द्रसिंह धोनी (विकेट किपर), हार्दिक पाण्ड्या, क्रुणाल पाण्ड्या, कुलदीप यादव, युजवेन्द्र चहल, भुवनेश्वर कुमार, जसप्रीत बुमराह, खलील अहमद छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ