बाजुरा, १२ पुस बाजुराको विकट क्षेत्रमा पर्ने साप्पाटा स्वास्थ्यचौकी भवन नहुँदा एक गोठमै स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । नयाँ भवन निमार्ण भएको एक वर्षसम्म पनि हस्तान्तरण गर्न ढिलाइ गरिएकाले स्वास्थ्यचौकी गोठमै सञ्चालन हुँदै आएको हो ।
ठेकेदारले समयमै काम सम्पन्न गरी स्वास्थ्य संस्थालाई भवन हस्तान्तरण नगरेकाले गोठमै बसेर सेवा दिनुपर्दा स्वास्थ्यकर्मी र बिरामीलाई असहज भइरहेको छ । पाँच वर्षभित्र भवन सञ्चालन गरिसक्नुपर्नेमा भवन निर्माण भएको एक वर्ष बितिसके पनि अहिलेसम्म हस्तान्तरण नगरिएको स्वास्थ्यकर्मीको गुनासो थियो । मौसमी बिरामीको चाप बढिरहेको छ ।
स्वास्थ्यचौकी व्यवस्थित छैन । गोठमै भए पनि सेवा दिइरहेका छौँ अहेव सरिता चौधरीले भन्नुभयो । स्वास्थ्यचौकीको कार्यालय सानो गोठमा हुँदा स्वास्थ्य सामग्री राख्नसमेत गाह्रो भएकोे व्यवस्थापक मानबहादुर विकले बताउनुभयो ।
गोठलाई जति सफा गरे पनि माथीबाट धुलोे खसेपछि भुइँमा राखेको औषधि फोहर हुने र अप्ठेरो ठाउँ भएपनि आफूहरूले बिरामीलाई सकेसम्म राम्रै सेवा दिइरहेको अहेव चौधरीको भनाइ थियो ।
उक्त स्थानमा व्यवस्थित शौचालय तथा खानेपानीको पनि अभाव छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ