बाँके, १२ पुस भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महीनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले उक्त परिणामको चिनी भन्सारमै थन्किएको हो ।
गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ र तिहारलाई लक्षित गरी रु ६७ लाख २० हजार (भारु ४२ लाख ) को चिनी ल्याइएको थियो ।
सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको दुई दिनपछि मात्र व्यापारीले खरीद गरेको चिनी नेपालगञ्ज भन्सारमा आइपुगेकाले भन्सारमै थन्किएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिनुभयो ।
रोकिएको चिनीबारे माथिल्लो निकायबाट सोधपुछ गरे पनि कुनै निर्देशन नआएको बताउँदै उहाँले भन्नुभयो, “भारतबाट ल्याएको चिनी पुनः फिर्ता लैजान मिल्दैन ।”
सरकारले आयात गर्न निश्चित कोटा निर्धारण गरेको छ तर कति परिमाणमा चिनी नेपालगञ्ज भन्सारबाट आउन दिने भन्ने पत्र भन्सार कार्यालयमा नआएको अधिकृत जोशीले बताउनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ