जललाबाद, अफगानिस्तान, १२ पुस अफगानिस्तानका इस्लामिक स्टेट (आइएस) लडाकूका प्रवक्ता सुल्तान अजिज अजाम मारिएका छन् ।
अफगानिस्तानको पूर्वी नानगाहार प्रान्तमा सरकारी सुरक्षाकर्मीले गरेको हवाई आक्रमणमा परी अजाम मारिएको सेनाद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख छ ।
“गुप्तचर निकायबाट प्राप्त श्रोतका आधारमा गरिएको आक्रमणमा परी आईएस लडाकूका प्रवक्ता सुल्तान अजिज अजाम मारिएका छन्,” विज्ञप्तिमा उल्लेख गरिएको छ । सैनाले पाचिरागम जिल्लामा बुधबार लुकिराखेको बेला अजिजलाई आक्रमण गरेको थियो ।
कट्टरपन्थी स्लामिक स्टेट (आइएस) ले भने यस बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको समाचारमा उल्लेख गरिएको छ ।(रासस÷सिन्ह्वा)
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ