सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

आइसिसी यू–१९ : नेपालले दियो कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य

प्रकाशित समय: शनिवार, ०३ : ०६ बजे फाल्गुन १३ गते



आइसिसी यू–१९ : नेपालले दियो कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य

काठमाडौं, १३ फागुन । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य दिएको छ ।

 

कप्तान देव खनाल र युवा ब्याटर अर्जुन कुमालको कीर्तिमानी शतकसहित कुवेतलाइ नेपालले बिशाल लक्ष्य दिएको हो ।मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनायो ।

 

नेपाललाई विशाल योगफलमा पुर्याउन कप्तान खनाल र अर्जुन कुमालले उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक एकै इनिङमा दुई ब्याटरले शतक हानेका हुन् ।

 

कप्तान देव खनालले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको पहिलो शतक हो ।उता अर्जुनले पनि १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रन जोडेका थिए । अर्जुनको पनि यो करिअरको पहिलो शतक हो । अर्जुनले १ सय ७ बलमा शतक पूरा गरेका थिए ।

 

यसअघि कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली एक ब्याटरले मात्रै एक इनिङमा शतक हान्दै आएका थिए ।