काठमाडौं,१६ बैशाख ।
सत्तारुढ दल र मधेसी मोर्चाको तर्फबाट संविधान संशोधन विधेयक
मध्यरातमा दर्ता भएको छ ।
संशोधन दर्ताका लागि दिएको समयको अन्तिम दिन अबेर मात्र सत्तारुढ दल र मधेसी मोर्चाका नेताहरु छलफलमा जुटेका थिए । उनीहरुले राति अबेर १० बजे मात्र संशोधन संसद सचिवालयमा दर्ता गरेका छन् ।
सत्तारुढ दलले राखेको संशोधन पास भए अब प्रदेशको सीमांकन हेरफेर गर्दा सम्वन्धित प्रदेशको सहमति चाहिने छैन, परामर्श मात्र लिइनेछ ।
संसदमा दर्ता भएको विधेयकमा सम्वन्धित प्रदेशको सहमतिमा सीमांकन हेरफेर गर्न सकिने व्यवस्था छ तर, मधेसी मोर्चाले यसलाई अस्वीकार गरेपछि सरकार उसकै माग अनुसार सम्वन्धित प्रदेशको सहमतिको सट्टा परामर्श शब्द राख्न सहमत भएको छ ।
यस्तै संघीय आयोग गठनसम्वन्धी धारा पनि संशोधनमा परेको छ । सत्तारुढ दल र मधेसी मोर्चाको तर्फबाट परेको संशोधनले आयोगको समानुपातिक समावेशी सिद्धान्तका आधारमा हुने सुनिश्चित गरेको छ ।
संशोधन माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेत, कांग्रेसका चिनकाजी श्रेष्ठ, राप्रपाकी कुन्ती शाही, तमलोपाका जंगीलाल राय र सद्भावनाका लक्ष्मणलाल कर्णले हालेका हुन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ