मुम्बई, पुस १७ वरिष्ठ बलिउड अभिनेता तथा संवाद लेखक कादर खानको मंगलबार निधन भएको छ।
मंगलबार उनको क्यानडामा ८१ वर्षको उमेरमा निधन भएको हो। दीर्घ रोगबाट पीडित खान झन्डै चार महिनादेखि अस्पतालमा थिए।
कादरका छोरा सरफराज खानले उनको निधन भएको पुष्टि गरेको 'इन्डियन एक्सप्रेस'ले जनाएको छ। 'हो, हामीलाई उहाँले यो बिहान छोडेर जानुभयो। बितेको केहि महिनादेखि उहाँलाई सन्चो थिएन र केहि दिनयता उहाँको अस्पतालमा हुनुहुन्थ्यो', कादरका छोरा सरफराजले 'इन्डियन एक्सप्रेस'सँग भने, ' हामीले सक्दो प्रयास गर्यौं, तर समय आइसकेको रहेछ।
उहाँ आफ्नो जीवनको हिस्सामा जोडिएका सबैलाई माया गर्ने एकदमै मायालु मानिस हुनुहुन्थ्यो ।' कादरले आफूलाई श्वास फेर्न अप्ठ्यारो भएको बताएपछि उनलाई बिगत केहि दिनदेखी भ्यान्टिलेटरमा राखिएको थियो। पछिल्लो समय घुँडाको शल्यक्रिया गरेपछि कादरलाई हिँडडुलमा समस्या हुँदै आइरहेको थियो।
गम्भिरका साथमा नकारात्मक भूमिकामा पनि दर्शकमाझ लोकप्रिय बनेका कादरलाई दर्शकले विशेषगरी हास्यप्रधान भूमिकामा विशेष मन पराउँथिए। अफगानिस्तानको काबुलमा जन्मेका खानले सन् १९७३ मा राजेश खन्नाको दाग फिल्मबाट अभिनय सुरू गरेका थिए।
उनले तीन सय बढी फिल्ममा संवाद लेखेका थिए। स्वर्गीय खानको अन्त्येष्टि पनि क्यानडामै हुने सर्फाराजले जानकारी दिएका छन्।##Agency
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ