सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १९ मंसिर २०८१ / Wednesday, 04 December 2024

सार्क ट्राइएथलन च्याम्पियनसिपको उपाधि भारतलाई

प्रकाशित समय: आइतवार, ०८ : ०७ बजे बैशाख १७ गते



सार्क ट्राइएथलन च्याम्पियनसिपको उपाधि भारतलाई

पोखरा, वैशाख १७ ।
पोखरामा शनिबार सम्पन्न पाँचौं दक्षिण एसियाली ट्राइएथलन च्याम्पियनसिपको उपाधि भारतका गुरुदत्त र पल्लवी रेतिवालाले जितेका छन् ।
गुरुदत्तले स्प्रिन्टको ७५० मिटर पौडी, १० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड ५४ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै १२औं दक्षिण एसियाली खेलकुद सागका स्वर्णधारी भारतकै दिलीप कुमारलाई पछाडि पार्दै उपाधि जितेका हुन् ।
दोस्रो स्थानमा आएका दिलीपले ५५ मिनेट ५९ सेकेन्डमा दुरी पूरा गरे । तेस्रो स्थानमा नेपालका बसन्त थारु रहे । उनले उक्त दुरी ५६ मिनेट १२ सेकेन्डमा पूरा गरे ।
त्यसैगरी, महिलातर्फको प्रतिस्पर्धामा सागकी स्वर्णधारी पल्लली रेतिवालाले १ घन्टा १ मिनट ३ सेकेन्डमा निर्धारित्त दुरी पूरा गर्दै उपाधि जितेकी हुन् ।