सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

बङ्लादेशमा विपक्षी सांसदहरुद्वारा सपथग्रहण बहिस्कार

प्रकाशित समय: बिहिवार, ०७ : २९ बजे पुष १९ गते



बङ्लादेशमा विपक्षी सांसदहरुद्वारा सपथग्रहण बहिस्कार

ढाका,  बङ्लादेशको विपक्षी पार्टी बङ्लादेश नेशनल पार्टीका सांसदहरूले बिहीबार सपथग्रहण कार्यक्रम बहिस्कार गरेका छन् ।

 

आफुहरुलाई नै निर्वाचित गराएको निर्वाचन नै स्वतन्त्र र निश्पक्ष नभएको भन्दै उनीहरुले सपथग्रहण नगरेका हुन् । गत आईतबार भएको निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना अत्यधिक मतले विजयी भएपछि बिहीबार सवै सांसदहरुलाई सपथ ग्रहण गराउन लागिएको थियो । तर विपक्षी दलले भने निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचनलाई मान्यता नदिने र निर्वाचन सम्वन्धी कुनैपनि क्रियाकलापमा सहभागी नुहुने घोषणा गरेको छ ।

 

विपक्षीले बहिस्कार गरेपनि सत्तारुढ दल अवानी लिग र त्यसको गठबन्धनमा आवद्ध दलका सांसदहरुले भने बिहीबार सपथग्रहण गरेका छन् । प्रधानमन्त्री हसिना र अरु २९० जना सांसद सपथग्रहण समारोहमा सहभागी भएका थिए । बिहीबार नै हसिना पुनः पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । यो संगै उहाँ फेरी प्रधानमन्त्रीको नयाँ कार्यकालका लागि निर्वाचित हुने प्रक्रियामा पुग्नु भएको छ ।

 

विपक्षी दलका तर्फबाट निर्वाचित सात सांसदले बिहीबार सपथग्रहण बहिस्कार गरेका हुन् । उनीहरुले अहिलेको निर्वाचनमा धाँधली भएकाले पुनः निर्वाचन गराउन आफ्नो पार्टीको निर्णय अनुसार माग गरेका छन् । संसदका प्रवक्ता कमाल हुसेनले आउदो ९० दिन भित्रमा कुनै पनि सांसदले सपथग्रहण नगरेमा उनीहरु निर्वाचित नभएको निर्वाचनमा फेरी निर्वाचन हुने जानकारी दिनुभयो ।

 

हिंसात्मक घटनासँगै भएको निर्वाचनका क्रममा निर्वाचनका दिन मात्रै कम्तीमा १७ जना मारिएका थिए । आइतबार भएको निर्वाचनमा धाँधली भएको भन्दै प्रमुख विपक्षी दलले पुनः निर्वाचन गराउन माग गरेपनि प्रमुख निर्वाचन आयुक्त के. एम. नुरुल हुडाले भने पुनः निर्वाचन गराउन नपर्ने स्पष्ट पार्नु भएको छ ।

 

सरकारले विपक्षी दल र यसका कार्यकर्तामाथि चरम दमन गरेको तथा चुनावमा त्रासको वातावरण निर्माण गरेको भन्दै विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले निर्वाचनको नतिजा खारेज गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेको थियो ।

 

आयोगका प्रवक्ता एस.एम.असादुज्जमानले आयोगमा केही ठाउँका बारेमा उजूरी प्राप्त भएको र त्यसबारे आयोगले छानबिन गरिरहेको जानकारी दिनुभयो । निर्वाचनमा कुल मतदाता मध्ये ८० प्रतिशत मतदाता सहभागी भएको आयोगले जनाएको छ ।