ललितपुर, नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखा अन्तर्गत ठैब उपशाखाको निर्वाचन शनिबार सम्पन्न भएको छ।
गोदावरी नगरपालिका वडा नं १४ कार्यक्षेत्र रहेको यस उपशाखाको सभापतिमा समाजसेवी युवा हरिगोविन्द महर्जन निर्वाचित भएका छन्।
सभापतिका लागि पाँचजनाले दाबेदार गरेपनि युवा समाजसेवी महर्जन निर्वाचित भएका हुन्। ओम कृष्ण श्रेष्ठ, हरिगोविन्द महर्जन, आनन्द महत, देबकी खड्का र मलिना महर्जनले सभापति पदका लागि उम्मेदवारी दिएका थिए।
१९० जना सदस्य रहेको उपशाखामा निर्वाचनकालागि १३३ जनाले मतदान गरेका थिए। जसमध्ये हरिगोविन्द महर्जन ४५ मत , आनन्द महत ४१ मत, ओम कृष्ण श्रेष्ठ ३४ मत र मलिना महर्जनले १ मत प्राप्त गरेका थिए।
खसेको मतमध्ये १२ मत बदर भएको थियो । सभापतिका प्रत्यासी देबकी खड्कालाई कुनै मत खसेको थिएन। त्यस्तै आउने कार्यकालकालागि ९ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्।
निर्विरोध निर्वाचित हुने सदस्यहरुमा नागेन्द्र बहादुर अमात्य, जनक महत, दिनेश श्रेष्ठ, सुनिता लामा, रत्नलाल महर्जन, झुलेन्द्र विक्रम लाखे, न्हुच्छे बहादुर महर्जन, संगिता नापित र रेणु महर्जन रहेको रेडक्रस सोसाइटी जिल्ला शाखाका उप सभापति समेत रहेका निर्वाचन अधिकृत दिपक गौतमले जानकारी दिए।
उपशाखाको निर्वाचनबाट निर्वाचित भएका सभापति हरिगोविन्द महर्जनले मिडिया सञ्चार डटकमलाई प्रतिक्रिया दिँदै आजीवन सदस्य लाई व्यवस्थित गरेर लैजाने, स्थानीय सङ्घसंस्थासँग समन्वय गरेर अगाडि बढ्ने र स्रोत र साधनको पहिचान गरेर रेडक्रसको मर्मअनुसार अघिबढ्ने योजना रहेको जानकारी दिए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ