सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

भारतमा बस दुर्घटना हुँदा ६ जना स्कुले बालबालिकाको मृत्यु

प्रकाशित समय: शनिवार, ०८ : ३२ बजे पुष २१ गते



भारतमा बस दुर्घटना हुँदा ६ जना स्कुले बालबालिकाको मृत्यु

सिमला, भारतको हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा शनिबार एक बस खोँचमा झर्दा छ जना स्कुले बालबालिकासहित बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा अरु १२ जना घाइते भएको र उनीहरुलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ । सिरमाउर जिल्लाका वरिष्ट प्रहरी अधिकृत रोहित माल्पानीले दुर्घटनामा मारिने बालबालिकाहरु चारदेखि १४ वर्ष उमेरका रहेको बताउनुभयो ।

 

दुर्घटनाको वास्तविक कारण अझै नखुलेको प्रहरीले जनाएको छ । लापरबाही गरी सवारी चलाउने, साँघुरा र कमसल सडकका कारण हिमाचलका पहाडी इलाकाहरुमा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् ।

 

भारतमा हरेक वर्ष सडक दुर्घटनामा औसतमा एक लाख ५० हजारको मृत्यु हुने गरेको छ ।